६ कार्तिक २०८३, शुक्रबार

अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गर्दै पत्रकार महासंघ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । कोभिड–१९ को चर्को महामारीमा समेत अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा संक्रमित हुने पत्रकारहरुलाई लक्षित गर्दै नेपाल पत्रकार महासंघले अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरिरहेको जनाएको छ ।

मुलुकभर पत्रकारहरु संक्रमित हुने दर वृद्धि भएसँगै महासंघले केन्द्रीय कार्यालयमा १० बेडको आइसोलेशन निर्माण गरिरहेको बताएको छ । जसमध्ये अक्सिजनसहितको ५ बेडको आइसोलेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको महासंघले जनाएको छ । थप ५ बेडको निर्माण प्रक्रिया अगाडि बढेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरुलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरिरहेको पनि बताएको छ । सो क्रममा अहिलेसम्म रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङमा अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिसकिएको महासचिव पुरीको भनाइ छ ।