६ कार्तिक २०८३, शुक्रबार

कोरोना भाइरसको संक्रमणबाट ६५० जना पत्रकार संक्रमित, ७ जनाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट नेपालमा हालसम्म ६५० जना पत्रकार संक्रमित भएका छन् भने ७ जना मृत्यु भइसकेको छ ।

नेपाल पत्रकार महासंघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार हाल नेपालमा २५२ जना पत्रकारमा सक्रिय संक्रमण छ । महासंघका अनुसार संक्रमितमध्ये प्रदेश १ मा १८ जना, प्रदेश २ मा ९ जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ३० जना र सुदूरपश्चिम प्रदेशमा ३० जना पत्रकारमा सक्रिय संक्रमण छ ।

त्यस्तै उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशमा ११७ जना संक्रमित रहेको महासंघले जनाएको छ । ‘संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेको तथा ४ जना आइसीयूमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भइसकेको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।