
काठमाडौं, २३ वैशाख । पूर्वमन्त्री मोतिप्रसाद पहाडीको ७७ वर्षको उमेरमा हिजो राति निधन भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका उनको बुधबार राति निधन भएको हो । स्वर्गीय पहाडी २०५१ को संसदीय निर्वाचनमा डोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने आपूर्ति तथा वनमन्त्री र कानून राज्यमन्त्री समेत बनेका थिए ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । २०४६ को ऐतिहासिक जनआन्दोलनपश्चात नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय भूमिकाको स्मरण गर्दै सभापति देउवाले पूर्वमन्त्री पहाडीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।















प्रतिक्रिया