६ कार्तिक २०८३, शुक्रबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज पनि घटेको छ । लगातार दोश्रो दिन घटेको चाँदी आज प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।

अघिल्लो दिन पनि चाँदीको मूल्य घटेर १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।