
काठमाडौं, २३ वैशाख । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको घृणित राजनीतिले देश संकटग्रस्त भभएको टिप्पणी गरेका छन् ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेकोबारे सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै रावलले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीले दलमा विधान मिच्दै निरंकुश रुपमा नेता र सांसदहरुलाई स्पष्टीकरण सोध्नु, कारबाही गर्नु र कुनै छलफल परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनयविनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो ।’
‘यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ,’ रावलले लेखेका छन् ।















प्रतिक्रिया