
काठमाडौं, २२ वैशाख । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ५२ वटा पुगेको छ ।
५२ वटामध्ये १२ वटा जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको कारण जनजीवन प्रभावित बनेको छ भने कोरोना भाइरसको संक्रमण दरमा कुनै कमी आएको छैन । दैनिकजसो संत्रमित हुनेको संख्याले नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ ।
त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि तीव्र रुपमा बढिरहेको छ । आज बुधबार मात्रै कोरोना भाइरसका ५८ जना संक्रमितले ज्यान गुमाएका छन् भने ८ हजार ६५९ जना नयाँ संक्रमित थपिएका छन् ।
तर, पछिल्लो २४ घण्टामा मात्रै म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, र नवलपरासी पश्चिममा निषेधाज्ञाको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । त्यसमध्य तनहुँ र म्याग्दीमा क्षेत्र तोकेर आंशिक निषेधको आदेश जारी भएको छ ।
नवलपरासी पश्चिममा आज बिहानदेखि आदेश लागू भइसकेको छ भने म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि लागू हुँदै छ । यस्तै बारा र सिरहामा भोलि बिहीबार बिहान ६ बजेदेखि लागू हुँदै छ ।















प्रतिक्रिया