
काठमाडौं, २२ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये बैभन्दा बढी संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा ४५१९ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा २०२ जना संक्रमित थपिएका छन् ।
यस्तै प्रदेश १ मा ६५८ जना, प्रदेश २ मा ४९८ जना, गण्डकी प्रदेशमा ४९३ जना, लुम्बिनी प्रदेशमा १८३० जना र सुदूरपश्चिम प्रदेशमा ४०५ जना संक्रमित थप भएका छन् ।
आज प्रदेश १ को इलाममा ११, उदयपुरमा ७, खोखलढुंगामा ६, खोटाङमा ६, झापामा २६९, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २०, पाँचथरमा १, भोजपुरमा ५, मोरङमा २०६, सङ्खुवासभामा ९, सुनसरीमा १०७ र सोलुखुम्बुमा ७ जना संक्रमित थपिएका छन् ।
प्रदेश २ को धनुषामा १४७, पर्सामा १५२, बारामा ४६, महत्तोरीमा ५५, रौतहटमा २८, सप्तरीमा १६, सर्लाहीमा २१ र सिरहामा ३३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै बागमती प्रदेशको काठमाडौंमा २८४९ काभ्रेपलाञ्चोकमा ९६, चितवनमा २१३, दोलखामा १२, धादिङमा ५४, नुवाकोटमा ११२, भक्तपुरमा ४५८, मकवानपुरमा १०५, रसुवामा १९, रामेछापमा १३ जना, ललितपुरमा ५१८, सिन्धुपाल्चोकमा १५ र सिन्धुलीमा ५५ जना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशको कास्कीमा २८४, गोर्खामा २८, तनहुँमा ६३, नवलपरासी पूर्वमा ३९, पर्वतमा १८, मुस्ताङमा २, म्याग्दीमा ३०, लमजुङमा १०, बागलुङमा ८ र स्याङ्जामा ११ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३८, कपिलवस्तुमा २४, गुल्मीमा १९, दाङमा २६३, नवलपरासी पश्चिममा ४४, पास्लामा ११५, प्युठानमा ४, बर्दियामा ४७, बाँकेमा ५९१, रुकुमपूर्वमा २, रुपन्देहीमा ६८० र रोल्पामा ३ जना संक्रमित थपिएका छन् ।
यस्तै कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, जुम्लामा ६, दैलेखमा ३४, मुगुमा ०, रुकुमपश्चिममा १, सल्यानमा ४, सुर्खेतमा १५४ र हुम्लामा ० जना संक्रमित थपिएका छन् ।
र, सुदूरपश्चिम प्रदेशको अछाममा २३, कञ्चनपुरमा १४०, कैलालीमा १४५, डडेल्धरामा १०, डोटीमा ४०, दार्चुलामा ०, बझाङमा ३, बाजुरामा ० र बैतडीमा ४४ जना संक्रमित थपिएका छन् ।















प्रतिक्रिया