काठमाडौं । एमाओवादीको नेतृत्व चयनलाई नेता डा बाबुराम भट्टराई पक्षले अस्वीकार गर्ने घोषणा गरेपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पेलेरै जाने पक्षमा देखिएका छन् ।
भट्टराईको असहमतिको बाबजुद पनि प्रचण्डले नवनिर्वाचित कार्य समितिको कार्यविभाजनका लागि बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् ।
निर्वाचनमार्फत पोलिट्ब्युरो, स्थायी समिति र पदाधिकारी चयन गरेलगत्तै पार्टी मुख्यालय कोटेश्वरमा केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकमा नेताहरुको कार्यविभाजन, राष्ट्रिय परिषद् र सल्लाहकार परिषद गठनका विषयमा पनि छलफल हुने बताइएका ेछ ।
नेतृत्व चयनका लागि भएको निर्वाचनलाई भट्टराईले भने नौटंकी र हास्यास्पदको संज्ञा दिएका छन् ।
















प्रतिक्रिया