२९ आश्विन २०८३, बिहिबार

गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तलाई कोरोना संक्रमण पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २० वैशाख । गैरआवासीय नेपाली संघका अध्यक्ष तथा ‘कोभिड १९ उच्चस्तरीय समितिका संयोजक’ समेत रहेका कुमार पन्तलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संघको सक्रियतामा निर्माण भएको गोर्खास्थित एनआरएनए नमूना बस्ती हस्तान्तरण, नेपालमा १० अर्ब लगानी लगायत परियोजनालाई मूर्तरुप दिन विगत केही सातादेखि नेपाल भ्रमणमा रहेका पन्तलाई आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको गैर आवासीय संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । पन्तलाई कोरोना संक्रमणपछि अक्सिजन कमि र ज्वरो बढेको थियो ।

पन्त अहिले होम आइसोलेसनमा छन् ।