– शम्भु माली
कपिलवस्तु, २० चैत । कपिलवस्तुमा गोलमाल तथा हराएको शिक्षक कोटाका पत्ता लगाउन ३ सदस्यीय कार्यदल गठन गरिएको छ । जिल्ला शिक्षा समितिले शिक्षक दरबन्दी यकिन गर्नका लागि समितिका सदस्य किरण देवकोटाको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो ।
समितिमा राम आशिष पाण्डेय र भगवानदास चौधरी रहेका छन् । १५ भित्र प्रतिबेदन बुझाउने गरी कार्य दल गठन भएको हो ।
लामो समय देखि जिल्लाको दरबन्दी र कार्यरत शिक्षकको शिक्षा कार्यालयमा बिवरण नराखिए पछि गत असोजमा मात्र हराएको दरबन्दीका बिषयमा तथ्य बाहिर आएको थियो । प्राबिको २२ र माबिको १८ वटा कोटा हराएको शिक्षक संगठनहरुले बताएका थिए ।
जिल्लाका ४ सय २५ बिद्यालयमा प्राबि तर्फ स्थायी ९ सय ९६ र राहत ४ सय २७ को दरबन्दी रहेको शिक्षा कार्यालयको तथ्यांकमा देखिन्छ । तर राहतमा ४ सय ५ जना मात्र कार्यरत देखिएकाले बाँकी रहेको २२ कोटा हराएको देखिन्छ ।
यस्तै माबिमा १ सय ४० स्थायी र ९६ राहत शिक्षक हनु पर्नेमा स्थायीमा १ सय ३८ स्थायीर राहतमा ८० मात्र कार्यत रहेका छन् । कोटा गायब हुनेक्रम २०६७ सालबाट सुरु भएको हो । २०६६ सालमा शिक्षा बिभागले पटाएको राहत कोटा मध्ये ७५ राहत शिक्षक कोटा गायब गरिएको थियो ।
बिभागले मदर्सा, आश्रम, गुम्वा र गुरुकुलका का लागि पठाएको सो बिशेष कोटा शिक्षा कार्यालयले गायब गरेको थियो । सो ७६ कोटा शिक्षक सहीत ४ सय २७ राहत शिक्षक कोटा बिभागले जिल्लाको बार्षिक कार्यक्रममा समाबेश गरी पठाएको थियो । ७६ कोटा मध्ये १ कोटा कपिलवस्तु नगरपालिका १२ डेरवा स्थित गुम्वामा बितरण गरिएको थियो ।
त्यति बेला गायब भएको ७६ वटा कोटका बिषयमा कुरा उठे पनि जिल्लामा दरबन्दी र कार्यरत शिक्षकको बिवरणको बिषयमा कसैले चासो दिएका थिएनन । त्यसयता पटक पटक शिक्षा समितिले शिक्षक संख्याको यकिन नै नगरी दरबन्दी मिलान समेत गरेको थियो ।
यस्तै समितिको बैठकले हालै स्थायी नियुक्ति गरी पठाएका शिक्षकलाई हाजिर नगराउने बिद्यालयलाई स्पष्टीकरण सोध्ने र अटेर गरिए दरबन्दी नै कट्टा गर्ने र सरुवा भई जाने र आउने दुबै बिद्यालयको सहमिति भएका शिक्षकहरुको सरुवा गर्ने निर्णय गरिएको थियो ।
म्याद नाघेका बिद्यालय ब्यवस्थापन समितिलाई मान्यता नदिन शिक्षक संगठनले बैठकमा माग समेत गरेका थिए ।
हराएको दरबन्दीका बिषयमा शिक्षक संगठन र शिक्षा समितिका सदस्यले जोडतोडले कुरा उठाए पछि त्यसको समाधानका लागि समितिको बैठक बोलाईएको थियो । समितिले हराएको दरबन्दीको छानबिनका लागि कार्यदल गठन भयो ।
जिल्लाका ४ सय २५ बिदालयमा रहेको अभिलेख पत्ता लगाउन कार्यको थालनी भयो । उहाले भन्नुभयो । बिद्यालय, स्रोत केन्द्रमा कहा कति दरबन्दी र कार्यरत शिक्षक छन् पुरै बिवरण आउने किसिमले कार्य गरिने उहाँले बताउनुभयो ।
शिक्षा अधिकारी हरि प्रसाद गौतमको संयोजकत्वमा कार्यदल गठन गर्न खोजिए पनि बिरोध भएको थियो । प्रारंभिक बिवरण अनुसार शिक्षा कार्यालयमा १७ बढी दरबन्दीगोलमाल गरेको देखिन आएको । दरबन्दी लुकाईकाले तलब निकासा गरेर अनियमितता समेत गरेको हुन सक्ने उहाले बताउनुभयो ।
त्यस बिषयमा गठन भएको समितिले सत्य तथ्य पत्ता लगाउने उहाँले बिश्वास ब्यक्त गरे । दरबन्दी यकिन भए पछि बिस्थापित भएका ४३ जना मध्ये ४० बर्ष काटेकालाई प्राथमितामा राखिने समितिले जनाएको छ ।















प्रतिक्रिया