
काठमाडौँ, १७ वैशाख । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्ररका सम्मेलनको आयोजना गरेका छन् ।
उनले शुक्रबार ३ बजे आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । उनले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
पत्रकार सम्मेलनमा कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, पार्टीको भूमिका सन्दर्भमा देउवाले धारणा राख्ने छन् । यो सम्मेलन पार्टीको नभएको र देउवा आफैँले आयोजना गरेका बताइएको छ ।












प्रतिक्रिया