साना कर्मचारीलाई मात्र निशाना बनाउँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवालासचिवसहित २३ जना ‘भीआइपी’विरुद्ध एकैसाथ मुद्दा दायर गरेको छ ।
नेपाल पर्यटन बोर्डमा करिब ७० करोड रुपैयाँ भ्रष्टाचार भएको अभियोगमा अख्तियारले वन मन्त्रालयका बहालवाला सचिव शरदचन्द्र पौडेल, कानुन आयोगका सचिव रन्जनकृष्ण अर्याल तथा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठ, तत्कालीन कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलासहित २३ जना उच्च पदस्थ कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
















प्रतिक्रिया