३ कार्तिक २०८३, मंगलबार

जेठ ३० र ३१ गते कोरियन भाषा परीक्षा सञ्चालन हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

flag-of-Korea-EPSकाठमाडौं, २० चैत । कामदार कोटामा कोरियामा काम गर्न जान चाहने युवाले पास गर्नुपर्ने कोरियन भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते देशैभरी सञ्चालन हुने भएको छ ।

श्रम मन्त्रालय अन्तर्गत इपिएस शाखाका अनुसार जेठ ३० र ३१ गते छैठौं संस्करणको कोरियन भाषा परीक्षा सञ्चालन हुन लागेको हो ।

परीक्षार्थीले आगामी वैशाख ३ गतेदेखि ६ गतेसम्म परिक्षाको आवेदन फाराम भर्नुपर्ने छ । यो वर्ष काठमाडौंसहित धरान, जनकपुर, बुटवल, पोखरा र डडेल्धुराबाट समेत आवेदन फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।

यस परीक्षामा सहमागी मध्ये ७ हजार एक सय जनालाई कोरिया पठाइने छ । परीक्षाको नतिजा श्रावण १६ गते प्रकाशित हुनेछ ।