
काठमाडौँ, १६ वैशाख । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारमा सामेल ४ जना प्रदेशसभाका सांसदहरुलाई कुनै कारवाही नभएको जनाएको छ ।
बिहीबार पार्टीका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै केन्द्रीय तहबाट उनीहरुलाई कुनै कारवाही नगरिएको जानकारी दिएका छन् ।
यसअघि सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गर्ने निर्णय भएको बताइएको थियो ।













प्रतिक्रिया