१४ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा १५ सय बढीमा कोराना पुष्टि, कुन जिल्लामा कति ?

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा ललितपुरमा २५२ र भक्तपुरमा १८२ र काठमाडौँमा ११२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ४ हजार ९२८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५३० जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ८८८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ जना रहेको छ ।

२४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ जना पुगेको मन्त्रालयले जनाएको छ ।