
काठमाडौँ, १६ वैशाख । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालको कोभिड अस्थायी केन्द्रमा उपचाररत कैलालीको घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरूषको मृत्यु भएको हो ।
उनीहरु कोरोना देखिएपछि अस्पताल भर्ना भएका प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
घोडाघोडीका संक्रमितको आईसीयुमा उपचार भइरहेको थियो । उनलाई निमोनिया भएको बताइएको छ । त्यस्तै, लम्कीचुहाका सङ्क्रमित वैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ ।












प्रतिक्रिया