
के हो यो कोरोनाको कहर !
के हो यो बेला !!
सुझ बुझ गरि आजै खोजौँ !
फेरि होला अबेला !!
-सुदर्शन जाेशी
आमाले भन्नू हुन्थ्यो, पर्ख बाबू सबै कुराको बेला आउँछ । साँच्चै हो रहेछ । बाँची बसे देख्न पाईन्छ भन्नुहुन्थ्यो, भोग्न नै पाईदो रहेछ । बेला पनि बेला बेलामा नै आउने रहेछ ।
यो असजिलो समस्याको वेला । कसरी आफुलाई सकारात्मक, सृजनशिल, आत्मनिर्भर बनाउने र यो वेला अनुरुप आफुलाई रुपान्तरण गर्ने भन्ने तर्फ मन बनाउदा ठिक हुन्छ ।
किनकि समस्याको सामना त गर्नै पर्छ अनि उपायको खोजि पनि गर्दै पर्दछ र यस्तो वेला किन आयो होला भनेर चिन्तन मनन पनि गर्नै पर्दछ । कतै यो रुपनन्तरणको वेला त होईन ।
सकारात्मक भएर एकपटक ठन्डा दिमागले सोचौ । यदि हो नै भन्ने लाग्छ भने रुपान्तरणको लागि तयारि गर्न वुझि राख्नु पर्ने विषय यश प्रकार छन ।
दिमागको प्रक्रियागत प्रयोग हुने शक्ति मध्ये अबचेतन मन ९०% हुन्छ र चेतन मन, सृजनशिल मन १०% मात्र हुन्छ । रुपान्तरणको लागि यो विषय जुझारु छ । यदि हामिले आराम बाट पनि धेरै रुपान्तरणको उर्जा लिन सक्दछौ ।
त्यसैले दिमागले कस्तो कुरा वुझ्दछ र जिवनलाई नै रुपान्तरण गर्न प्रयत्न गर्दछ यहि वन्दावन्दि वेलामा प्रयोग गरौ । जसले हामिलाई रुपान्तरित हुदै स्वस्थ, खुसि रहन र कमाउन समेत सम्बन्धित भई काम गर्दछ । यसभित्र
निउरो लिङ्गुईस्टिक प्रोग्राम(एनएलपी), ल अफ याट्रयाकसन र कन्सियस मेडिटेसन पर्दछन् । यसरी हेराैँ–१) कसरी अबचेतन मनलाई शक्तिशालि बनाउदै स्वस्थ र खुसि भएर बाच्ने । २) कसरी भित्रि अबचेतनमा छापिएको नकरात्मकतालाई चिन्ने र फाल्ने । ३) कसरि भित्रि अबचेतन पहिचानलाई रुपान्तरण गर्ने । ४) कसरी नया सोच, वुझाई, विस्वास, सम्भावना को खोजि गर्ने । ५) कसरी लुकेर रहेको जिवनको मूल्य थाहा पाउने, जसले आन्तरिक खुसि, धन, स्वास्थ्य र अन्य जिवनमा आवस्यक पर्ने विषयहरुलाई केन्द्रित गरि उजागर गर्ने छ ।
जन्मेदेखि अहिले सम्म हामिले जे देख्यौ, सुन्यौ, स्पर्श गर्याै त्यसै वाट नै हाम्रो मगज तयार भएको हुन्छ । सोच बनेको हुन्छ र हाम्रो यात्राहरु तय भई राखेको हुन्छ ।
यो वेलाले दिएको छ र भन्छ रुपान्तरणको सन्देस !
नमस्कारको संस्कार भएको सुन्दर हाम्रो देश !!
यो आफैलाई रुपान्तरण गर्ने वेला हो पक्का । यसमा सङ्कै गर्नु पर्दैन । विस्वास गर्नुहोस । तर अब कुरा आउछ कस्तो दिमाग वनाएर बस्ने?
१) चुहिने गिलास भएर पनि काम छैन किनकि जति भरेनि चुहि हाल्छ ।
२) भरि गिलास भएर पनि काम छैन किनकि नया ज्ञान राख्ने ठाउँ नै हुदैन ।
३) आधा भरि/खालि भएर पनि हुदैन, भई न भाडामा हुदै छचल्किन्छ ।
४) उसो भए खालि भैदिउ, रुपान्तरणको लागि चाहिने असल विषय मात्र भरौ है ।
तर चिन्तन मननमा आधारित चै हुनुपर्दछ है । किनकि रुपान्तरण संग सम्बन्धित वरिपरिका विषयहरु भनेका वातावरण, स्वास्थ्य, सम्पत्ति र सम्बन्ध हुन भने आन्तरिक विषयहरु व्यवहार, सीप, बिश्वास, पहिचान र स्रोत हुन ।
यसरी यी माथि उल्लेखित विषयहरुलाई रोजि रोजि, खोजि खोजि, हेरौ । कतै आफ्नै जीवन रुपान्तरण भएको अनुभव आफैले गर्न पाईन्छ कि ।
आफैले देख्न, महसुस गर्न पाईन्छ कि । यो कोरोनाको वेला आएको रुपान्तरण को लागि हो कि । वेला आउछ भनेर आमाले भन्नुभएको थ्यो । यो वेला आएको त हैन कतै ?
आखिर वेला नै रहेछ ! प्रत्यकको पल पलमा रुपान्तरण भै राखेको हुन्छ यो संसारमा त्यो पल पल नै वेला हो । जति सक्छु त्यति आफुलाई असल वनाउछु भनेर लाग्दा रुपान्तरित जीवन व्यवहारमा नै देखिन्छ, सुनिन्छ र महसुस गरिन्छ ।
हुन त मान्छे ले भन्छ मरेर लानु के छ र, जति वाचिन्छ त्यति मस्ति गरौ । कतै हामिले मरेपछि पनि पाउने कृति छ कि । सबैले आहा भन्ने बन्नु छ कि । बाचुन्जेलको पल पल लाई रुपान्तरणमा लगाउने हो कि ।
आन्तरिक आनन्द यहि पो छ कि । हुन त कुनै पनि कुरा नित्य छैन ! कतिबेला जीवन छुट्ने हो केही टुङ्गो छैन तर मृत्यु निस्चित छ भनिन्छ । मलाई लाग्छ जन्म, जिवन र मृत्यु सबै पञ्चतत्वको रुपान्तरण हो । जानत जे छ, आफुसङ्ग त्यहीँ छोडेर नै जाने हो !
रिस, राग, द्वन्द, ईर्ष्या, धोका, र विश्वासघातले अन्त्यत दुखद मृत्यु सैयामै पुर्याउने छ ! तामसी गुणको प्रभावले नै मृत्युलाई दुखि बनाउने हो ! त्यसैले तामसि गुणलाई रुपान्तरण गरि सात्विक गुणमा लेराउने कि जस्ले हाम्रो मृत्यु रुपि रुपान्तरण लाई पनि आनन्दित बनाओस् ।
रुपन्तरणको किन आवस्यकता छ त भन्दा रुपान्तरणको उत्पत्ती हौं हामी रुपान्तरण हाम्रो जिवनको आधार हो ! रुपान्तरण को वेला आएको छ अब परोपकार रुपि रपान्तरणमा रमाऔ ।हाम्रो प्रमुख कर्तव्य हो भनेर लागौ ।
दुखीको दुखको मह्लम बन्नु हाम्रो धर्म हो ! यश धर्मलाई धारण गरौ । कसैको पनि मन दुखाउनु ठूलो पाप हो ! त्यसैले पाप गर्ने ईन्द्र हरुलाई बुद्धि विवेकको बसमा राखौ । रुपान्तरणको वेला भयो अब मन, वचन, र कर्म बाट नै शुरु गरौ ।
“यहि हो वेला सचेतनालाइ जगाउने !
हात धोई धोई कोरोनालाई भगाउने !!”
हेनुहोस न कोरोना एक महामारि बनेर आयो। यस्को उपचार भन्दा होसियारि नै उत्तम देखिन्छ । कतै होसियार, सतर्क, सजक, सचेत रहने उपायहरु नै रुपान्तरणका आधारहरु त होईनन ? चिन्तन मनन गरौ यो वेलालाई ।
हात मिलाउनु, अंकमाल गर्नु हुदैन नमस्कार गर्नु राम्रो । भिडभाड गर्नु, जानू हुदैन सामाजिक दुरि कायम गर्नु पर्ने । हात धुने मजाले तरिका मिलाई मिलाई ।
शाकाहारि भोजन गर्ने । योग ध्यान गर्ने । जङ्कफुडहरु नखाने । हरियो सागपात, फलफुल खाने, तातोपानि पिउने । डकडाउन भएको छ । यातायातका साधनहरु बन्द गर्नुपर्ने। कलकार्खानाहरु बन्द गर्नुपर्ने । भोज भतेर भेला, सभा सम्मेलन गर्न नहुने ।
यस्तै यस्तै रोकथामका उपायहरु भनेर भनिएका कुराहरु कतै यो वेलाको रुपान्तरण त होईन? किनकि यो वेलाले जे माग गरेको छ त्यसको लक्ष्य शाकाहारि, योगि, ध्यानि, नमस्कारको संस्कारि, एकान्तबास, स्वस्थ खानपिन, असल जिवनशैलि, स्वच्छ वातावरण र शान्ति हुन ।
“रुपान्तरण केवल आँखाको सहजता र सितलतामा रहने आवरण मात्र नहोस!
यो वेलाले अन्तर्यमा निहित असलपन र ज्ञानको प्रकाश जगतभरी छर्न सकियोस्!!“
कोरोनाको कारणले आर्थिक, सामाजिक, राजनितिक, दखद अवस्थाहरु निम्त्याएको छ तर यी सबै हामी मानव रुपि दानवले प्रकृतिलाई दोहन, प्राणिमाथिको हिंसा, विकासको नाममा विनास गरेको कारणले प्रकृति रुपि पञ्चतत्वले जनसंख्या, सचेतना देखि वातावरण सम्मको व्यालेन्स मिलाउदै छ । अब भनौ “मेरो थालमा केसैको मासु र कमाईमा कसैको आशु“ नपरोस । यी सबै सचेत, करुणाको युग शुरुवातका लागि चाहिने आधारहरु हुन । त्यसैले भन्न सकिन्छ यो वेलाले रुपान्तरणको माग गरेको र सचेतनाको सन्देश दिईराखेको छ ।
मानव रुपि दानवताले आएको हुनसक्छ कोरोना कहर !
रुपान्तरित हुँदै असलताको बीउ रोपौ बन्छ करुणाको गाउँ सहर !!
लेखक सचेत क्रान्ति–तेजका सोचकर्ता एवं कानुन व्यवसायी हुन् ।













प्रतिक्रिया