१४ कार्तिक २०८३, शनिबार

दोस्रो लकडाउनको पहिलो दिन काठमाडौँमा जे देखियो (फाेटाे/भिडियाेसहित)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, १६ वैशाख । पछिल्लो समय नयाँ भेरियन्टसहित फैलिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा पनि गम्भीर समस्या उत्पन्न हुँदै गएको छ ।

भारतमा हालसम्म हजारौँको मृत्यु भइसकेको छ भने दैनिक २/३ लाखको दरले संक्रमण फैलिरहेको छ । त्यस्तै, नेपालमा पनि दैनिक जसो संक्रमण दर तथा मृत्युदर समेत ह्वात्तै बढेको छ ।

नेपालमा पनि पछिल्ला दिनहरुमा संक्रमण बढेकाे तथा अस्पतालहरुमा काेभिडका बिरामीहरुका कारण बेडहरुकाे कमी तथा अक्सिजनकाे अभाव हुने स्थिति बनिसकेकाे छ ।

स्वास्थ्यविज्ञहरुका अनुसार यदि केही समय चेन ब्रेक नगर्ने हो भने भयावह स्थिति आउन सक्छ । त्यही तथ्यलाई ध्यानमा राख्दै सरकारले वैशाख १६ गतेदेखि पहिलो चरणमा एक हप्ता तथा आवश्यक पर्दा समयावधि बढाइने भन्दै अति नै प्रभावित क्षेत्रहरुमा लकडाउन गरेको छ ।

हुन त यसभन्दा अघि नै छ सात महिनाको लकडाउन भोगिसकेका नेपालीहरुलाई यो रुचिको विषय हुने कुरै भएन । त्यस्तै, अर्थतन्त्र नै धराशायी बनाएकाले सरकारको पनि यो इच्छाको विषय होइन । तर महामारीबाट जोगिन तथा थप समुदायमा फैलन नदिन अथवा हुन सक्ने ठूलो क्षतिलाई कम गर्न लकडाउन जारी भएको छ ।

यसै क्रममा काठमाडौँमा विहानैदेखि सवारी साधनको चाप अत्यन्तै न्युन छ । यद्यपि सरकारी कर्मचारी, वित्तीय संस्थाका कर्मचारी, सञ्चारकर्मीहरु साथै पास लिएका अन्य सवारीहरु भने निर्वाद रुपमा चलेका छन् । तिनै सवारी मात्रै हेर्दा पनि निकै धेरै भीड महसुस भएको छ ।

त्यस्तै, ठाउँ ठाउँमा प्रहरीले सुरक्षा चेक गर्दै केही काम नपरी बाहिर निस्कने दर्जनौँलाई होल्ड गराएको छ । विज्ञहरुले मापदण्ड अपनाएर यस अवधिमा घरमै बस्न सम्बन्धित सबैमा अपील पनि गरेकाे छ ।

भिडियाे/फाेटाे: