१४ कार्तिक २०८३, शनिबार

हवाई उडान बन्द गर्ने सीसीएमसीको प्रस्ताव

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । सार्वजनिक यातायातका साधनहरु बन्द भए पनि निषेधाज्ञामा विमानस्थलमा चाप बढेपछि आन्तरिक हवाई उडान बन्द गर्ने तयारी थालिएको छ ।

आन्तरिक हवाइ उडानका लागि त्रिभुवन विमानस्थलमा यात्रुको चाप बढ्न थालेपछि कोरोना नियन्त्रणका निम्ति कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले उडान रोक्ने निर्णय गरेको हो ।

यसअघि हवाई उडान बन्द नगर्ने निर्णय गरिएको थियो यद्यपि परिस्थिति असहज बनेको भन्दै तत्काल बन्द गर्ने निचोड निकालिएको छ । कहिलेदेखि बन्द गर्ने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।