१४ कार्तिक २०८३, शनिबार

सरकारसँग विश्वासकाे वातावरण बन्दैछ: राजेन्द्र महतो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारसँग विशवासको वातावरण बनेको बताएका छन् ।

जसपाका मागहरु सम्बोधन हुन थालेपछि महतोले सरकारसँग विश्वास बढेको बताएका हुन् ।

‘हाम्रा अझै केही माग पुरा गर्न बाँकी छ, त्यो माग पुरा भएपछि सरकारमा जान सकिन्छ,’ उनले भने, ‘तर त्यसका लागि मागहरु पुरा हुनुपर्छ । सरकारले १५ वटा मुद्दाअन्तर्गत १२० जनाको मुद्दा फिर्ता गरेकोमा जसपा नेपालले धन्यवाद ज्ञापन गर्दछ । सरकारको निर्णय स्वागतयोग्य हो । मुद्दा फिर्ता गरेर सत्ता सहकार्यका लागि वातावरण तयार भएको छ ।’

यद्यपि अन्य केही नेताहरुले भने आफूहरुले राखेका मुद्दा फिर्ता, राजबन्दी रिहाइ, नागरिकताको विषय, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग पुरा भएपछि मात्र सरकारलाई समर्थन गर्ने कि नगर्ने विषय अगाडी आउने बताएका छन् ।