१४ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा एकै दिन २ हजार बढीमा कोराना पुष्टि

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा ललितपुरमा ३५१ र भक्तपुरमा २३२ र काठमाडौँमा १४६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वार गौतमले जनाएका छन् ।