१४ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमण तीव्र बनेपछि अर्थ मन्त्रालयमा भेटघाट बन्द

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । कोरोनाको जोखिम तीव्र बनेपछि अर्थ मन्त्रालयले आगन्तुकलाई प्रवेशमा कडाइ गर्न थालिएको छ ।

संक्रमण नफैलियोस् भनेर मन्त्रालयमा बजेट निर्माणमा सुझाव दिन जानेहरुलाई पनि कडाइ गरिएको छ ।

अर्थमन्त्रीले दउँसो २ देखि ४ बजेसम्म भेटघाटको कार्यक्रम भए पनि त्यो रोकिएको र कर्मचारीले पनि आवश्यक काम नपरी एक अर्कालाई भेट्न बन्द गरेको अवस्था रहेको छ ।

मन्त्रालय आगामी आर्थिक वर्ष (२०७८÷७९) को बजेट निर्माणमा छ । अबको एक महिनामा बजेट पेश हुनेछ । अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि बजेट सम्बन्धि सुझाव मागेका छन् ।