१४ कार्तिक २०८३, शनिबार

यी ८ जिल्लामा पूर्ण निषेधाज्ञा, ३ जिल्लामा आंशिक रुपमा

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । कोरोना संक्रमणको गति तीव्र रुपमा फैलिएपछि ८ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।

गृह मन्त्रालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरसहित आठ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ ।

उपत्यकामा वैशाख १६ बाट लागू हुनेगरी निषेधाज्ञा घोषणा गरिएको छ भने बाँकेमा वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै, सुर्खेत र कैलालीमा मंगलबारबाट निषेधाज्ञा जारी गरिएको छ ।

त्यसैगरी, कास्कीमा वैशाख १५ बाट निषेधाज्ञा गरिने भएको छ । उता, पर्सामा १६ गतेबाट निषेधाज्ञा लागू गरिएको छ । बागलुङ, कालिकोट र बर्दियामा आंशिक क्षेत्र तोकेर निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।