
-सुदर्शन जोशी ‘तेजस्वी’
“हारहरुमा हैन जीवन जितहरुमा फुलाउनु पर्छ ।
हामी बाचेको सुन्दर कहानी भावि पुस्तालाई सुनाउनु पर्छ ।”
म सानो हुदा पढ्नको लागि विहानको समयमा विद्यालय जानु पर्ने भयो । विहानको समय अल्लि शितलता वढि नै थियो । पहिलो दिन घर मा जे छ लगाउने लुगा त्यहि लगाएर गए ।
अलिक जाडो भयो । मैले जीवन भनेको जाडो हुने रहेछ भनेर चिने । घरमा आएर आमालाई भने, आमा म पढ्न जादा जाडो भयो । हुन्छ भोलि जादा न्यानो लुगा लगाएर जानुपर्दछ भन्नुभयो ।
अनि मैले जाडो हुदा न्यानो लुगा लगाउनु पर्ने रहेछ भन्ने जिवनमा थाहा पाए । त्यसै दिन आमाले वजार लिएर जानुभयो । यहाँ आमाले केरा र दूध वेचेको पैसा लिनु छ भनेर पस्नुभयो । केरा र दूध वेचेर पैसा आउदो रहेछ भन्ने जाने ।
पैसा पनि देखेँ । बजारमा पुगि जकेट किन्न लाउनु भयो । न्यानो पनि किन्नु पर्दाे रहेछ भन्ने बुझेँ । अनि त्यहा मोलतोल भयो, आमाले यो उलनको सटले अहिलेको जाडो धान्छ भनेर रोज्नु भयो । मैले किन होला भनेर सोचि रहे ।
घर फर्कदा आमाले भन्नू भयो मसँग धेरै पैसा नभएकोले जकेट किन्न सकिन, अहिले यहि उनको सट लगाउ है बाबू भन्नु भयो । अनि मैले थाहा पाए सोचेजस्तै न्यानो हुनको लागि पनि धन धेरै चाहिँदो रहेछ । यसरी जीवन भनेको जाडो हो, गरिबी हो, आमाको माया हो ।
यसरी जीवन भनेको के हो भनेर वुझ्दै जिउँदा जिउँदै आउदा अहिले कोरोना कहरले भेरि जिवनको प्रत्यक पल पल लाई वुझाईदिएको छ । हुन त हाम्रो समस्या समाधान भएको केही समय पछि नै छिटै विर्सने बानी छ ।
जीवन निरन्तर अनुभव रुपि यात्रा हो भनी वुझ्दा वुझ्दै अहिले भनिरहेको छु जीवन तप हो । जस्ले साधनारुपि तपस्या गर्दछ उस्को जीवन मा तेज आउदछ र जीवन नै तेजस्वी बन्दछ । जसलाई एक दिन सबैले ताली बजाउदै सलुट गर्नेछन । त्यहि जीवन नै असल जीवन हो ।
भनिन्छ तपस्याले तेजस्वी उर्जा बढाउँछ र सकारात्मक तालमा बजाईएको तालीले अफैलाई हर्सित गराउँछ । त्यहि नै भित्रि आनन्दको स्रोत हो ।
वुद्धत्वले भन्दछ अपो दिपो भव । आफ्नो जिवनको दिप (तेज) आफै बन ।
“जसरि तिलमा तेल छ, अनि कोईलामा आगो !
आफै भित्र छ असल जिवन जाग्न सक्छौ त जागो !”
जिवनलाई महसुस गर्दा यसो पनि भन्न सकिन्छ “जिवनमा जस्ले प्रेम र प्रकाश (तेज)लाई वढाउदछ उस्को जीवन मा यदि अध्यारो र घृणा आउदा पनि सजिलै हटाउछ ।”
त्यो कसरी त भन्ने कुरा पनि आउन सक्छ । मानौ या नमानौ आखिर सत्य नै हो जीवन संग स्वस्थ्य रहने, साधना गर्ने र निरोगि हुने विषय मजवुद रुपमा जोडिएको छ । किनकि जिवनमा आईपर्ने रोगहरु अनेक छन्, व्यथाहरू धेरैछन, यी मात्र नभै जीवन जिउदा आउने समस्याका पोकाहरु धेरै छन । तर यी सबै पोकाहरुको उपाए खोज्ने यात्रा पनि जीवन नै हो ।
“जीन्दगिको गोरेटोमा जति हिडे पनि !
कहि पनि पुगिएन वित्यो जिन्दगानी !!
हिजो वित्यो आज वित्यो भोलि वित्यो तेसै !
जीवन के हो वुझिएन कपाल फुल्यो तेसै !!”
यस्तो नहोस् सबैले जिवनलाई वेलैमा चिनौ त्यसैले ऋषिहरू भन्नुहुन्छ, योग साधना नै उत्तम जीवन हो । नियमित व्यायाम र प्राणायाम गर्नु नै जीवन जिउने सरल उपाय हो । अर्काे जीवन नियमित रुपमा समय मिलाएर पौष्टिक पथ्य आहार गर्नु हो ।
भन्न सजिलो छ जिउन गाह्रो छ भन्ने गर्छाै हामी तर छल कपट हिंसा दुष्ट्याईं ,कहिं कतै पनि नगरि, नविराई जिउन सक्ने जीवन नै असल जीवन हो । जिवनको यात्रामा आउन त आउछ नै काम क्रोध, लोभ, मोह किनकि यी त ईन्द्रियका खुराक नै हुन ।
यसरी नै हेर्दा जिवनलाई सौच सन्तोष तप स्वध्याय, सदासर्वदा मग्न भई चाहना इच्छा सब फल त्यागी ,सत्कर्ममा शरणागत हुनु नै जीवन हो । जिवनमा हामिले जति यम नियमको पालना गर्छाै त्यति नै अष्टांग योग मार्गि साधक बन्दछौ र बांच्छौ रमाउछौ स्वस्थ र असल भई ।
फेरि सचेत भएर होसियार भएर हेर जीवन रुपि मन अति चंचल छ । जीवनमा कृयायोगको अभ्यास गर्दै , चंचल भएको मनलाई एकाग्रता पैदा गर्नु पर्दछ । यस्तो जिवनको आधार भनेको ध्यान धारणा समाधि हो । यो एउटा असल जिवन पदकों खोजी हो ।
जहाँ मनुष्यले आफ्नो जीवनलाई अन्तिम लक्ष्य सम्म ,निरोगी मात्र नभई स्वस्थ र स्वच्छ समेत भई बाँची जिवनलाई सार्थक बनाउदछ। सचेतनाको आज्ञा मा यो महसुस गर्न सक्नु पर्दछ कि यौगिक –कर्म ,नित्य निरन्तर गर्दै गरि आन्तरिक र वाह्य बिद्या ज्ञान र विज्ञानको अनुभव एवं वोध गर्न ,निर्विकल्प समभावमा रहि ध्यान गरि जीवन जिउनु पर्दछ ।
असल जिवनका लागि सचेत क्रान्तिका चार विषयः–
१) जीवनलाई असलता सहितको सफलता वनाउनु पर्दछ । किनकि उदाहरणको लागि मानौ चोर पनि चोर्नमा सफल हुन सक्दछ । त्यसैले हाम्रो विवेकलाई उपयोग गरि असलता सहितको सफल जीवन बनाउनुमा लागौ ।
२) हामिले प्रयोग गर्ने शव्दमा सकारात्मकता भयो भने जीवन कृतज्ञ बन्दछ । जस्तै छलफल भनेको छलगरेर फल निकाल्ने भनेको हो । भेटघाट भन्ने शव्दले घाटमा गएर भेट्ने भन्ने अर्थ राख्दछ । त्यसैले छलफलको सट्टा चिन्तनमनन र भेटघाटको सट्टा मंगलमिलन शब्द प्रयोग गरौ । काट्ने शव्दले हिंसालाई जोड दिन्छ, त्यसैले तरकारि काट्ने होईन सुधार्ने भन्ने गरौँ ।
३) सत् चित आनन्द वा खुसि भएर जीवन जिउने हाम्रो प्राकृतिक गुण हो । त्यसको लागि सकारात्मक सोचौ है । शक्तिशाली ज्ञानको अभ्यासले आत्माविश्वास जन्माउछ अनि कर्म र सन्तुष्टिले उत्प्रेरणा मिल्दछ! सफलता खुसी आनन्द प्रत्यकको जन्मसिद्ध अधिकार हो ।
४) जिवनमा लम्वाई भन्दा उचाईको लागि यात्रा गर्नु पर्दछ । जति समय हामी बाच्छौ । त्यति समयलाई नै असल, सुन्दर वनाउछौ भनेर असलताका गुणहरुको सदुपयोग गर्नुपर्दछ ।
“चलिरहेको छ कोरोनाको कहर !
बनाऔँ करुणाको गाउँ सहर ! !”
अहिले चलिराखेको कोरोनाको कहर लाई हामी सबै मिलि यसको कारण खोजी हिंसा रहित, शाकाहारि समाज एवं करुणाको गाउँ सहर बनाउन लाग्नुपर्दछ ।
त्यसको उपायको लागि प्रयत्न नै असल जीवन बन्ने हो । त्यसैले भन्न सकिन्छ असल जीवन जिउने प्रयासको लागि पल पल पाईला पाईलामा सचेत क्रान्ति –तेज नै जिवनरुपि विश्वविधालय हो ।
जहाँ जे भोग्दछौ त्यहि पढ्दछौ । जहिले जे समस्या परेको हुन्छ, त्यसैको उपायको खोजि गर्दछौ । अहिले असल, सचेत जिवनको लागि जिवनमा सहयोग र उपयोगका लागि ज्ञान विज्ञान आदान प्रदान गर्नु पर्ने भएको छ ।
अब आफु पनि रुपान्तरित हुदै खुसि र प्रेरणा संगै रहेर अरुलाई पनि रुपान्तरणको लागि प्रयत्नरुपि खुराकहरु दिदै असलताको लागि जीवन जिऔ भनी सबैलाई अनुरोध गर्दछु।
असल जिवनका लागि प्रतिज्ञाले पुग्दैन सहनशीलता हुनुपर्छ। प्रयासले पुग्दैन प्रतिज्ञा हुनुपर्छ र सोचले पुग्दैन प्रयास हुनुपर्छ। किनकि मानिस पृथ्वीको लागि मालिक होइन एक पाहुना हो ।
त्यसैले जीवन वाचुन्जेल असलताको कृति राख्ने प्रयास गरिराखौ । अनि सुन्दर मानवता प्रेमि असल, सचेत समाज निर्माण गरौ । सचेत बनौ र बनाऔँ ।
“आज थाके भने पनि पाईला, नरोकिउन कहिल्यै चाहना !
भोलि ग्राहो हुन सक्छ केही, पर्सि सफलता संगै खुल्छ भावना !”
लेखक सचेत क्रान्तिका सोचकर्ता, सामाजिक अभियन्ता, उत्प्रेरक एवं कानुन व्यवसायी हुन ।













प्रतिक्रिया