१४ कार्तिक २०८३, शनिबार

झनझन बढ्दै संक्रमण, थप ४५ सय २४ जनामा कोरोना, १८ जनाको मृत्यु

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३ लाख ७ सय ९२५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५५५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७८ हजार ५ सय ६ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २५ जना रहेको छ ।

२४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २४ लाख १७ हजार ४ सय १७ जनाको पीसीआर परीक्षण भइसकेको छ ।