१४ कार्तिक २०८३, शनिबार

स्वास्थ्यकर्मीलाई विदा नदिइने, विदा बसेकालाई पनि काममा फर्किन निर्देशन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । कोरोना संक्रमण तीव्र भइरहेको कारण सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको छ ।

कोरोनाको दोस्रो लहरबाट संक्रमित अस्पतालमा सेवा लिन आउनेहरुलाई उचित उपचार तथा व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो ।

मंगलबार बसेको स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि पत्राचार गर्ने गरेको छ ।

त्यस्तै, कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै, अस्पतालमा कुनै स्वीकृत दरबन्दीमा रिक्त रहे तुरुन्तै ६ महिनाको करारमा कर्मचारी पुर्ति गर्ने पनि निर्णय गरिएको छ ।