१४ कार्तिक २०८३, शनिबार

सल्यानमा परीक्षा दिन हिँडेकी छात्राको लडेर मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सल्यान, १४ वैशाख । परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा छत्रेश्‍वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् ।

छत्रेश्‍वरी–१ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० मा अध्ययनरत सार्कीको आज बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिएर लडेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । –रासस