
काठमाडौँ, १३ वैशाख । सरकारले तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेर आन्तरिक हवाइ उडान सुचारु गर्ने निर्णय गरेको हो ।
देशभर लकडाउन नगरिएको अवस्थामा नागरिकलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यले हवाई उडान सुचारु राखिएको बताइएको छ । यद्यपि यात्रुहरुले स्वास्थ्यसम्बन्धी मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्नेछ ।
त्यस्तै, मापदण्ड पालना गरे नगरेको सम्बन्धित निकायले निगरानी गर्नेछ ।
तर प्रतिकूल परिस्थिति आए जुनसुकै बेला आवश्यक निर्णय गरिने सरकारले जनाएको छ ।
त्यस्तै, सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान पनि बन्द नगर्ने भएको छ ।












प्रतिक्रिया