२९ आश्विन २०८३, बिहिबार

जापानमा मदन आश्रित दिवस भब्यताका साथ मनाईदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madan-bhandariटोकियो, जापान । नेकपा एमाले सम्बद्ध संगठन प्रवासी नेपाली मञ्च जापानको टोकियो क्षेत्रीय कमिटीले मदन आश्रित दिबस भव्ष्ताका साथ मनाउन तयारी थालेको छ ।

बिगत बर्षहरुदेखि निरन्तर मनाउदै आएको मदन आश्रित दिबस यस बर्ष पनि टोकियो कमिटीको आयोजना र राष्ट्रिय कमिटीको समन्वयमा जापानको टोकियोमा २२ औं मदन आश्रित दिबस भब्यताका साथ मनाउने तयारी थालिएको हो ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनाबाट दिबंगत हुनु भएका नेपाली राजनीतिका सर्बाधिक लोकप्रिय जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको स्मृतिमा मनाइने मदन आश्रित दिवसलाई सम्बोधन गर्न नेपालबाट नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवं पूर्ब रक्षामन्त्री बिद्यादेबी भण्डारी र पूर्बमन्त्री तथा मदन आश्रित स्मृति प्रतिस्ठानका संस्थापक अध्यक्ष बाचस्पति देबकोटा सहभागी हुनेछन् ।

यस कार्यक्रममा नेपाली क्रान्तिको मौलिक सिद्दान्त जनताको बहुदलीय जनबादका प्रतिपादक जननेता मदनकुमार भण्डारी र कुशल संगठक जीवराज आश्रित प्रतिको सम्झना तथा सम्मान सहित नेपाली राजनीतिको समसामयिक बिषय माथि अन्तरक्रिया समेत गरिनेछ ।

कार्यक्रम १७ तारिख आइतबार बिहान आन्तरिक र दिउँसो खुल्ला गरी दुई सत्रमा हुने छ । टोकियोमा भब्यताका साथ मनाइने मदन आश्रित दिबसमा सम्पूर्ण जापानबासी प्रवासी नेपालीलाई सहभागिता जनाउन आयोजकले आग्रह समेत गरेको छ ।