३ कार्तिक २०८३, मंगलबार

घरमा श्रीमती हुँदाहुँदै अर्कै युवतीसँग सल्किएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexलहान, २० चैत । सिरहाको राजपुर गाविसमा प्रेम विवाह गरेकी एक किशोरीले आफ्ना पतिले आफूलाई ढाँटेर पुनः दोस्रो विवाह गरेको भन्दै कानुनी अधिकारका लागि सघाउन आग्रह गरेकी छन् ।

सिरहाको राजपुर गाविस–७ का कारी यादवका छोरा २० वर्षीय दिनेशले गत माघमा पल्टीदेवी (रञ्जिता) मुखियासँग भागेर प्रेम विवाह गरेका थिए । प्रेम विवाह गरेपछि भारतको अहमदावादमा एक महिनासम्म डेरा लिएर बसेको रञ्जिताले बताइन् । धनुषाको पूर्वी क्षेत्रमा पर्ने सखुवा मडान गाविस–८ माइती भएकी १५ वर्षीया रञ्जिताका पतिले गत फागुनमै अर्को विवाह गरेपछि उनको बिचल्ली भएको हो ।

“अहमदावादमा मलाई डेरामा छाडेर काम गरेर फर्किन्छु है भनेर हिँडेका थिए घरमा आएर दोस्रो विवाह गरेछन्” उनले भनिन् । स्थानीय सहृदयीको सहयोगमा घरसम्म आएर खोजी गर्दा अर्को विवाह गरेर बसेको भेटिएपछि आफूले जिल्ला प्रहरी कार्यालय सिरहामा कारबाहीका लागि उजुरी दिएको उनले बताइन् ।

जातीय परम्परा तोडेर प्रेम विवाह गरेको भन्दै माइतीमा बाबुलाई मुखिया समुदायले रु चार लाख र भोजको जरिवाना सुनाएकाले माइतीमा समेत जान नसकेको सुनाउँदै उनले बस्ने ठाउँसमेत नहुँदा समस्या भएको गुनासो गरिन् । रासस