३ कार्तिक २०८३, मंगलबार

वर्षासँगै किसानहरु चैते धान रोप्नमा व्यस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhan ropai– योगी योगेन्द्र
संखुवासभा २० चैत । चैत महिनाको बेमौसमी वर्षासँगै संखुवासभाका किसानहरु चैते धान रोप्न व्यस्त भएका छन् ।

चैत महिनामा भएको बेमौसमी वर्षासँगै जिल्लाका किसानह?लाई अहिले चैते धान रोप्न भ्याई नभ्याई भएको छ ।  जिल्लाको धुपू, खाँदबारी, चेवाबेसी, पाङ्ठा लगायतको ठाउँका किसानहरु चैते धान रोप्न कम्मर कसेर लागिपरेका छन् ।

यस वर्ष चैत महिनाको बेमौसमी वर्षाका कारण तथा सिँचाईको उचित व्यवस्था भएका ठाउँहरुमा गहुँ काटेर धमाधम किसानहरु धान रोप्न लागिपरेका छन् ।

‘यो बर्ष समयमै पानी परेकाले उबज्नी राम्रो हुने भएकाले म निकै खुशी छु’ पाङ्ठाका किसान राजकुमार घिमिरे भने ।