विराटनगर, २० चैत । ओखलढुङ्गामा बिहीबार अपराह्न फरक फरक ठाउँमा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको छ ।
रगनी गाविस-६ बस्ने ४५ वर्षीया नीरकुमारी बेढा र बिलन्टु गाविस–६ बस्ने १५ वर्षीया कण्डी शेर्पाको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनीहरु आआफ्नै घरमा बसिरहेका थिए । रासस















प्रतिक्रिया