टोकियो, २० चैत । मिर्गौला उपचार खर्च अभावमा लामो समयदेखि घरमै बस्न बाध्य गुल्मी तुराङका मोहनबहादुर रजालीलाई वैदेशिक रोजगारीका लागि जापानमा रहेका दुई नेपालीले रु दुई लाख १९ हजार ६५ सहयोगस्वरुप पठाएका छन् ।
दातामा टोकियोको सिन्जुकुमा कार्यरत गुल्मीकै आँपचौर गाविस तल्लोफाँटका दधिराम खरेल र राज सापकोटा हुनुहुन्छ ।
यहाँस्थित गुल्मेली समाज जापानका विपीन घिमिरेका अनुसार रजालीको रकम अभावमा उपचार गर्न नसक्दा थप समस्या बढ्दै गएको थियो । आर्थिक अवस्था कमजोर रहेका रजालीलाई पत्नीको एउटा मिर्गाैला प्रत्यारोपण गर्नसमेत रकम अभाव थियो ।
यसअघि पनि गुल्मेली समाज जापानले रजालीलाई रु ५० हजार सहयोग पठाएको थियो । रासस















प्रतिक्रिया