
काठमाडौँ, १० वैशाख । नवलपरासीको बुलिङटार–६ मा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बर्दघाट सुस्ता पूर्व भएको दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।
लु १ ज ३७१० नम्बरको जिप शुक्रबार बुलिङटारबाट दलदले आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका–४ का २३ वर्षीय अजय विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिप सडकबाट करिव ५० मिटर तल खसेको थियो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया