
काठमाडौँ, १० वैशाख । विभिन्न स्थानमा ३ जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
गोरखाको गोरखा नगरपालिका–६ टेलिकमस्थित बाटो बनाउने क्रममा रुकुम (पश्चिम) चौरधारे नगरपालिका–१० बस्ने ३२ वर्षीय थल बहादुर विकको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
रड सिधा पार्दा उक्त रडले बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको एपोलो हस्पिटल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो ।
बझाङको केदारस्यूँ गाउँपालिका–१ गाग्रा बस्ने ४३ वर्षीया उजली देवी बोहराको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका–१ बगाल खेतमा गहुँ काट्न जाने क्रममा बाटो नजिकै रहेको बिजुलीको पोलमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै, बाराको रौतहट चन्द्रपुर नगरपालिका–९ बागमती मंगलपुर घर भई नमस्ते ईटा उद्योगका मजदुर ३० वर्षीय सागर लामाको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।
ओम कामख्या ईटा उद्योगका मजदुर २५ वर्षीय नारायण गोले र नमस्ते ईटा उद्योगका मजदुर २८ वर्षीय कान्छा पहरीसँग सोही ठाउँस्थित जमुनी खोलामा माछा मार्ने क्रममा उनको करेन्ट करेन्ट लागेर मृत्यु भएको भन्ने बुझिएको छ । हाल फरार रहेका नारायण र कान्छाको प्रहरीले खोजी गरिरहेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया