
काठमाडौँ, ९ वैशाख । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाच गर्ने भएको छ ।
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त भएको पदका लागि आयोगले निर्वाचन गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।
उपनिर्वाचनका लागि दल दर्ता गर्ने समयावधि वैशाख १० देखि १४ सम्म निर्धारण गरिएको छ ।
राष्ट्रियसभाको पद रिक्त भएपछि ३५ दिनभित्र उपनिर्वाचन गराउनु पर्ने व्यवस्था रहेको छ ।













प्रतिक्रिया