१४ कार्तिक २०८३, शनिबार

माधव नेपालले प्रधानमन्त्री ओली झस्किने प्रस्ताव गरे

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ वैशाख । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

होटल मेरियटमा बिहीबार भएको वार्तामा नेता नेपालले पुस ५ गतेपछि ओलीलाई सघाउने तत्कालीन माओवादी र एमालेका नेताहरुलाई हटाउनु पर्ने प्रस्ताव गरेपछि अध्यक्ष ओली झस्केका छन् ।

सर्वोच्चको फैसलाले एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएपछि माओवादीतिर लागेका नेपाल पक्ष एमालेमा फर्केका थिए ।

त्यसबेला तत्कालीन माओवादीका नेता रामबहादुर थापा, बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साहलगायतका नेताहरु ओलीकै नेतृत्वमा परिवर्तन संभव भएको निश्कर्षसहित सांसद पद त्यागेर एमालेमै रहने घोषणा गरे ।

त्यसपछि प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले उनीहरुलाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गर्यो ।

बिहीबारको वार्तामा बादलसहितका नेताहरुलाई हटाएर पूर्ववत एमालेको बैठक बोलाउनुपर्ने नेपालले प्रस्ताव राखेपछि ओली झस्किएका हुन् ।
यसरी हेर्दा नेता नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई सहज हुने खालको रणनीति अपनाएको बुझिएको छ । यद्यपि त्यो प्रस्तावलाई ओलीले अस्वीकार गरेका छन् ।

आजको बैठकमा २०७५ जेठ २ गतेकै अवस्थाको एमालेको बैठक बोलाउनुपर्ने नेपालको प्रस्ताव थियो ।