
काठमाडौँ, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।
बिहीबार नक्सालको होटल मेरियटमा ओली र नेपालबीच करिब साढे २ घण्टा भेटवार्ता भएको हो ।
उनीहरुबीच वुधबार साँझ पनि भेटवार्ता भएको थियो । दुई दिनकै भेटमा के कुराकानी भयो भन्नेबारे खुल्न बाँकी रहेको छ ।
उनीहरुबीच वान टु वान वार्ता भएको हो ।
पार्टी अध्यक्षको नेतृत्वमा भएको बैठकले नेपालसहित उनी पक्षको केही नेताहरुलाई कारवाही गरेको भोलिपल्टै ओली र नेपालबीच भेटवार्ता भएको हो ।
उनीहरुबीच के के सहमति भयो भन्ने केही खुलेको छैन । यद्यपि सकारात्मक वार्ता भएको नेताहरुको बुझाइ छ ।












प्रतिक्रिया