१४ कार्तिक २०८३, शनिबार

ओली-नेपाल धरहरा नियाल्दै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बिहीबार पनि भेटवार्ता भएको छ ।

दुई नेताहरुको छलफलपछिको अर्थपूर्ण तस्वीर खिचिएको छ । जसमा ओली र नेपालले सँगै नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै गरेको देखिन्छ ।

उनीहरुले होटल मेरियटबाट धराहराको दृश्यावलोकन गरेको तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा कमलपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै’, थापाले दुई नेताको फोटोसहितको ट्वीटमा भनेका छन् ।

पार्टी भित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला दुई जना नेताहरुबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।