३ कार्तिक २०८३, मंगलबार

अदालतद्वारा एकहत्तर लाख जरिवाना असुली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २० चैत । भक्तपुर जिल्ला अदालतले गत साउनदेखि फागुन मसान्तसम्म विभिन्न मुद्दाको दण्ड जरिवानाबाट करिब ७१ लाख असुली गरेको छ ।

अदालतले विभिन्न मुद्दामा गरी करिब पाँच करोड ६९ लाख जरिवाना असुली गर्नुपर्नेमा अझै चार करोड ९८ लाख जरिवाना असुली गर्न बाँकी रहेको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

अदालतले फैसला गरेको कैदतर्फ ५९७ वर्ष तीन महिना १० दिन कैद फछ्र्यौट गरेको छ । कुल एक हजार ४४१ वर्ष पाँच महिना सात दिन कैद रहेकामा अझै ८४४ वर्ष एक महिना २७ दिन कैद फछ्र्यौट हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी अदालतले गत कात्तिक १ गतेदेखि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक यादव ढकालको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरेर सञ्चालन गरेको दण्ड जरिवाना असुली अभियानबाट फरार रहेका १५२ बाट करिब ६ लाख तीन हजार जरिवाना असुली गरेको छ । अभियानअन्तर्गत १६ जनालाई पक्राउ गरी १० वर्ष एक दिन कैद असुली गरेको छ ।