९ कार्तिक २०८३, सोमबार

एकै दिन करिब १३ सय जनामा कोरोना, २५५ निको, ८ जनाको मृत्यु

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ हजार ५४८ जनाको परीक्षण गर्दा गत २४ घण्टामा थप १ हजार २८१ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २५५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ जना रहेको छ ।

२४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ९१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २३ लाख ५२ हजार ५ सय २ जनाको पीसीआर परीक्षण भइसकेको छ ।