९ कार्तिक २०८३, सोमबार

थप ८४३ जनामा कोरोना, २२६ निको, ५ जनाको मृत्यु

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार जनाको परीक्षण गर्दा गत २४ घण्टामा थप ८४३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २२६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७५ हजार ३८ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ४५ जना रहेको छ ।

२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ७५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २३ लाख ४० हजार ४ सय १७ जनाको पीसीआर परीक्षण भइसकेको छ ।