
सुर्खेत, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेका छन् ।
शुक्रबार प्रदेशसभा बैठकमा शाहीले विश्वासको मत मागेका हुन् ।
नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता रहेका मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका हुन् ।
उनले बैठकमा सबैलाई आफूलाई विश्वासको मत दिन आग्रह गरे । उनले भने, ‘मैले विश्वासको मत लिने प्रस्ताव पेश गरेको छु ।’















प्रतिक्रिया