३ कार्तिक २०८३, मंगलबार

नबिल स्मार्ट एपमा ‘कार्ड इन्टिग्रेसन’ सेवा शुरु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । नबिल बैंकले ‘नबिल स्मार्ट बैंक’ एममा ‘कार्ड  इन्टिग्रेसन’ सेवाको शुरुवात गरेको छ ।

यस सुविधा अन्तर्गत अब ग्राहकहरुले कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता/निष्क्रियता तथा कार्डमार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्ट बैंक एपबाट नै गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवं सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरूमा उपलब्ध गराएको छ ।