९ कार्तिक २०८३, सोमबार

बिहीबार थप ५३४ जनामा कोरोना, १५७ निको, ५ जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजार १५२ जनाको परीक्षण गर्दा गत २४ घण्टामा थप ५३४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १५७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७४ हजार ६ सय ४ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ८४ जना रहेको छ ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ६६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २३ लाख २९ हजार ५ सय ४७ जनाको पीसीआर परीक्षण भइसकेको छ ।