– सुशिल नेपाल
पाल्पा । नेपाली लोक गीत संगितमा स्थापित हुने सङगै विस्थापित हुने क्रम बढ्दो छ । दैनिक रुपमा गीत संगितमा लाग्ने पनि कम छैनन यहाँ त्यसैको अनुपातमा गीतसंगित छोडनेको संख्या पनि ज्यादा छ ।
यसै क्रममा गीतसंगितलाई नै आफनो भविष्य सम्झि आफुलाई स्थापित बनाउन खोजिरहेका छन पाल्पाली लोक गायक सुमन गैरे । पाल्पा जिल्लाको खानिगाँउ ९ मा हेमलाल गैरे र मुनादेवी गैरेको कोखबाट जन्मिएका सुमन पाल्पामै रहेर गीतसंगितमा रमाइरहेका छन् ।
गीत संगित उनको सानैदेखिको रुचि भएपनि औपचारिकरुपमा भने उनि २ बर्ष अघि ‘एकतर्फी माया’ नामक एल्वम निकाली सांगितिक क्षेत्रमा प्रवेश गरेका हुन् ।
त्यसलगतै ‘चरिले फल चाखेको’, तिजको गीत ‘एउटी केटी पाम’ लगायतका गित समेत उनले बजारमा ल्याइसकेका छन् । यसरी एकपछि अर्को गर्दै चर्चाको शिखरमा चढदै गरेका उनले लोक संगितमा संघर्ष गर्न सक्ने हो भने बाँच्न गाह्रो नहुँने बताउँछन् ।
उनी भन्छन् ‘लोकसंगितमा प्रतिस्प्रर्धा अत्यन्त छ तर संघर्ष गर्ने हो भने बाँच्न गाह्रो छैन ।’ पछिल्लो समयमा उनको माग स्थानिय स्तरमा हुने कार्यक्रममा मात्र नभई छिमेकी जिल्लाहरुमा समेत बढदै गएको छ ।
पाल्पा लगायत स्याङजा, गुल्मि, पर्वत, प्युठान,रुपन्देही लगायतका जिल्लामा हुने कार्यक्रममा उनले आफनो प्रस्तुति देखाइसकेका छन् । ‘तिम्रो मनमा को छ ?’ नामक एल्बम ल्याउने तयारिमा रहेका उनलाई गीतसंगितले भविष्यसम्म कत्तिको साथ दिने हो त्यो भने पछिको कुरा हो ।















प्रतिक्रिया