
काठमाडौँ, १ वैशाख । बाँकेमा एकैदिन ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।
वुधबार नेपालगञ्जस्थित भेरी अस्पतालमा १२३ जनाको पीसीआर परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा १२३ जनाको मंगलबार स्वाब संकलन गरिएको थियो । वुधबार तिनीहरुमध्ये ७५ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै, कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज र बागेश्वरी डाइग्नोस्टिक ल्याबमा गरिएको परीक्षणको रिपोर्ट भने आउन बाँकी छ ।












प्रतिक्रिया