
गुल्मी, १ वैशाख । गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइत भएका छन् ।
मृत्यु हुनेमा सत्यवती गाउँपालिका ३ का २८ वर्षीय तारा राहडी मगर रहेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम पाण्डेले मगरको मृत्यु भएको र चार जना घाइते भएको पुष्टि गरे ।
अटो सडकदेखि तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते ३ जनालाई जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रबाट पाल्पाको मिसन अस्पताल रिफर गरिएको बताइएको छ ।












प्रतिक्रिया