
काठमाडौँ, १ वैशाख । विराटनगरमा घरायसी विवादमा छोराले कुटपिट गर्दा एक जना वृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका– ५ का ६५ वर्षीय काले साहको छोराको कुटाइका कारण मृत्यु भएको हो ।
घरायसी विवादमा छोरा अजयले कालेमाथि चैत २६ गते निर्घात कुटपिट गरेका थिए । वुधबार कालेको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटेपछि फरार अजयलाई प्रहरीले वुधबार नै पक्राउ गरेको छ ।
त्यस्तै, चैत २९ गते पनि छोराको कुटाइबाट विराटनगर महानगरपालिका– ८ का ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको थियो ।
शनिबार राति विवादका क्रममा माइलो छोरो रविले धकेल्दा विकोको घाँटीमा बासको भाटाले छेडेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।












प्रतिक्रिया