
काठमाडौँ, १ वैशाख । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
वुधबार गुल्मीबाट प्युठानतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको हो ।
जिल्ला प्रशासन कार्यालय, गुल्मीका अधिकृतलगायत कर्मचारीहरु रहेका बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुई जना पुरुषको मृत्यु भएको छ । यद्यपि उनीहरुको सनाखत हुन भने बाँकी रहेको छ । प्रहरीले उद्धार गरिरहेको बताइएको छ ।












प्रतिक्रिया